नेपाली कांग्रेसका नेता जितेन्द्र नारायण देव नेकपा एमाले प्रवेश गरेका छन् ।
एमाले पार्टी कार्यालय, च्यासलमा सोमबार आयोजित कार्यक्रममा देवसहितका नेताहरू एमाले प्रवेश गरेका हुन् ।
सप्तरीका देव लामो समय एमालेको राजनीतिमा थिए । सुरुमा उनी उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरममा आवद्ध भए । विजय गच्छदारले पार्टी विभाजन गरेर मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गर्दा उनले पनि साथ दिए र उक्त पार्टीको महासचिव बने ।
संविधान जारी भएपछि कतिपय मधेश केन्द्रित दलहरु आपसमा एकीकृत भए भने कुनै ठूला पार्टीसँग मिले । फोरम लोकतान्त्रिकले नेपाली कांग्रेससँग एकता गर्यो । यसका अध्यक्ष गच्छदारसहित अधिकांश नेता विगतमा कांग्रेसमा रहेकाले कांग्रेससँग एकता सहज भयो । जितेन्द्र देव यसरी एकताबाट स्वतः कांग्रेस भए ।
कांग्रेसले उनलाई राष्ट्रिय सभामा सांसद बनायो । तर देवको राजनीतिक रुझान वामपन्थतिरै थियो । २० फागुन २०८० मा उनको कार्यकाल सकिएको थियो ।
सोमबार एमाले प्रवेश गर्ने क्रममा उनले पुराना वामपन्थी दिनहरुको सम्झना गरे । उनले अध्यक्ष केपी ओलीलाई पार्टीलाई शक्तिशाली र आत्मविश्वासी बनाएकामा धन्यवाद दिए । पार्टी छाडेर अन्यत्र गएकामा आत्मालोचना पनि गरे ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो