स्याङ्जाका दिपक `गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कार´बाट सम्मानित

स्याङ्जाका दिपक `गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कार´बाट सम्मानित

Dpk snr syj

स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाका दिपक वि.क. गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् ।

समाजसेवा/स्वयंसेवा विधामार्फत गण्डकी प्रदेशको सामाजिक क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै गण्डकी प्रदेश, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले अर्जुनचौपारीका वि.क.लाई ५० हजार पुरस्कार राशीसहित सम्मान गरेको हो ।

लामो समयदेखि विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका दिपक दलित उत्थान केन्द्र अर्जुनचौपारीका अध्यक्ष समेत हुन् । उनले केन्द्रको व्यवस्थापनमा गरिब तथा असहाय परिवारका घर र शौचालय निर्माण गर्ने तथा बिजुली बत्ती जडान गर्ने अभियानलाई तीव्रता दिदै गरिब तथा विपन्न वर्गका परिवारको सहारा बन्न सफल भएका छन् ।

सोही क्रममा गण्डकी प्रदेश अन्तर्गत विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका युवा/युवतीलाई थप उर्जा प्रदान होस् भनी आयोजित `गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कार´ बाट अर्जुनचौपारीका दिपकलाई प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले सम्मान गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds