नारायणी नदिमा माछा मार्ने क्रममा डुबेर एक जना बेपत्ता

नारायणी नदिमा माछा मार्ने क्रममा डुबेर एक जना बेपत्ता

dubera-death

नवलपुर । नवलपरासी पूर्व कावासोती नगरपालिका–१५ प्रजेटघाट स्थित नारायणी नदिमा डुबेर एक जना बेपत्ता भएका छन् ।

आइतबार दिउँसो साढे २ बजेतिर जाल हानी माछा मार्ने क्रममा अचानक डुङ्गा पल्टिएर स्थानीय ५९ वर्षीय खुलचन माझी बेपत्ता भएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार माझी आज दिउँसो श्रीमती र छोरा सँगै नारायणी नदिमा माछा मार्न गएका थिए । प्रहरीका अनुसार माछा मार्ने क्रममा अचानक डुङ्गा पल्टिएपछि डुङ्गाकै सहायताबाट आमा र छोरा नदि बाहिर सकुशल निस्किएको र बाबु भने बपत्ता भएका थिए ।

घटनास्थलमा प्रहरी टोली पुगेर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds