पोखरामा लागू औषधसहित स्याङ्जाका थापा पक्राउ

पोखरामा लागू औषधसहित स्याङ्जाका थापा पक्राउ

tha

पोखरा । पोखरामा अवैध लागू औषधसहित एक जना पक्राउ पक्राउ परेका छन्।

पक्राउ पर्नेमा स्याङ्जा बिरुवा गाउपालिका–२ घर भइ हाल पोखरा महानगरपालिका– १४ मझेरीपाटन बस्ने वर्ष ३२ को अर्ण बहादुर थापा रहेका प्रहरीले जनाएको छ।

शनिबार दिउँसो साढे २ बजेतिर मझेरीपाटनमा लागू औषध विक्रीबितरण गरी रहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार थापाको कोठा खनतलासी गर्दा लुकाई छिपाई राखेको लागू औषध गाँजा ३०० ग्राम, नाईट्रोभ्याट १४४ चक्की र नगद ४ हजार ७८० फेला परेको हुँदा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका थापालाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ