स्याङ्जाको पुतलीबजार नगरपालिका -१ स्थित समता बचत तथा ऋण सहकारी संस्थाले सदस्यबीच अन्तरक्रिया र सहकारी सचेतना कार्यक्रम गरेको छ ।
कार्यक्रममा सहकारीको बचत तथा सहकारीमा लगानी र सदस्यले गर्नुपर्ने काम, कर्तव्य र अधिकारका बारेमा प्रशिक्षण दिइएको हो । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक राम बहादुर जिसीद्वारा सो प्रशिक्षण सहकारीमा आवद्ध ४० जना सदस्यलाई दिइएको हो ।
उनले सहकारीको नीति, नियम बमोजिम संचालन भएमा कोहि कसैलाई पनि नोक्सान नपुर्याउने बताउँदै कमाइको केही अंश बचत गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय सहकारी बैंक लिमिटेड पुतलीबजारका प्रमुख पुष्पा क्षेत्री, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ लगायतले उक्त कार्यक्रममा सहकारीका बारेमा आआफ्ना धारणा व्यक्त गरेका थिए ।
समता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमृत नेपालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम संस्थाका सचिव शालिग्राम कुँवरले संचालन गरेका थिए । ९४७ सदस्यसहित पुतलीबजारका ९ वटा वडाहरुलाई कार्यक्षेत्र बनाएको सहकारी संस्था वि. सं. २०७५ मा स्थापना भएको थियो ।
सम्बन्धित खबर
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि
पर्यटनमन्त्री पाण्डेद्वारा सातौं स्याङ्जा महोत्सवको उद्घाटन
अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको पर्यटनमन्त्रीद्वारा उद्घाटन
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
सातौं स्याङ्जा महोत्सवको तयारी पूरा: पर्यटनमन्त्री पाण्डेले उद्घाटन गर्ने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो