पोखरामा अबैध रुपमा नदिजन्य पदार्थ चोरी निकासी गर्ने १२ वटा टिप्पर नियन्त्रणमा

पोखरामा अबैध रुपमा नदिजन्य पदार्थ चोरी निकासी गर्ने १२ वटा टिप्पर नियन्त्रणमा

tippar_pp_PNdcepN6fs

पोखरा । पोखरामा अबैध रुपमा नदिजन्य पदार्थ चोरी निकासी गर्ने १२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार पोखरा महानगरपालिका– १९ दशखेतघात स्थितबाट अवैध रुपमा नदीजन्य पदार्थ ओसार पसार गरिरहेका अवस्थामा १२ वटा टिप्पर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीले ग १ क १२१५ , ना १ क ६२१४ , Gandaki ७ AA००७६ , बा ४ क ३३ २१ , ग २ ख १४५ , ग १ क २४०२ , ग २ ख ३२८ , ग २ ख ११५६ , ग १ क ६३९२ , ग १क ५११३ , ग १ ख ७९९० र ग १ त ७०१२ नं.को ट्याक्टर  नियन्त्रणमा लिएको जनाएको छ ।

अबैध रुपमा नदिजन्य पदार्थहरुको चोरी निकासी भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिई गएको प्रहरी टोलीले उक्त टिप्परहरु नियन्त्रणमा लिएको हो ।

सवारी साधन चेकजाँच गर्दा प्रयोजन खुल्ने कुनै कागजपत्र पेश गर्न नसकेकोले उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds