नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार तीन घन्टा कुराकानी भएको छ।
ओली निवास बालकोटमा शनिबार दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म देउवा र ओलीबीच छलफल भएको हो।
छलफलमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा पत्नी आरजु राणा पनि सहभागी थिइन्।
देउवा र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रम लगायतका विभिन्न विषयमा छलफल भएको स्रोतले जनाएको छ।
प्रमुख प्रतिपक्षी दलका नेता देउवा र सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलका अध्यक्ष ओलीबीचको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
फागुन २१ मा सत्ता विमुख भएको कांग्रेसले सत्तामा फर्किन एमाले र माओवादीसँग दोस्रो तहका नेतामार्फत पछिल्लो समय दोहोरो संवाद गरिरहेको थियो ।
दोस्रो तहका नेताहरूबीचको वार्ताले सकारात्मक परिणाम निकाल्ने देखिएपछि यो शीर्ष तहमा छलफल भएको नेताहरूको दाबी छ ।
कांग्रेसले वर्तमान सत्ता गठबन्धन भत्काएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्ताबाट हटाउन प्रयासरत छ । यस्तो अवस्थमा देउवा र ओलीबीच भएको भेटवार्ताले राजनीतिमा कुनै नयाँ मोड ल्याउन सक्ने आँकलनहरू भइरहेका छन् ।
एमसीसी परियोजनामा सहमति जुटाउन बालकोट पुगेका देउवा डेढ वर्षपछि ओलीलाई भेट्न बोलकोट पुगेका छन् । ओली र देउवाको आजको भेटवार्ताले कांग्रेस र एमालेबिच सत्ता सहकार्यका लागि ढोका खोल्ने देउवा निकट स्रोतले बतायो ।
नेपाल प्रहरीले नक्कली शरणार्थी प्रकरणको फाइल फेरि खोलेको छ । एमले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा र बिचौलिया बेचन झा पक्राउ परेका छन् ।
सो प्रकरणमा देउवापत्नी आरजु र पूर्वगृहमन्त्री बालकृष्ण खाँडपत्नी मञ्जुको नाम पनि मुछिएको छ । देउवा–ओली भेटलाई कतिपयले सो प्रकरणसँग जोडेर पनि हेर्ने गरेका छन् ।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला