स्याङ्जामा पहिरो पीडित परिवारका सदस्यलाई आर्थिक सहयोग

स्याङ्जामा पहिरो पीडित परिवारका सदस्यलाई आर्थिक सहयोग

fedikhola pahiro

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गएराती गएको पहिरोमा परि ज्यान गुमाएका परिवारका सदस्यलाई आर्थिक सहयोग गरेको छ । अवरिल वर्षाको कारण गएको पहिरोले घर पुरिँदा घरमा सुतिरहेका फेदिखोला गाउँपालिका -५ बाँगेका ३१ वर्षीय दुर्गा जिटि र उनकी ३ वर्षीय छोरी निसिकाको मृत्यु भएको थियो ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्मा र स्याङ्जा जिल्ला अस्पतालका चिकित्सकहरुको टोलि घटनास्थलमै पुगेर सहयोग रकम प्रदान गरेको हो । घटनाका पीडितलाई संघीय सरकारबाट प्राप्त आर्थिक सहयोगको रकम प्रजिअ नेपालले हस्तान्तरण गरेकी हुन् ।

पीडित परिवारलाई थप राहतको रकमहरु पछि उपलब्ध गरिने बताउँदै पहिरोमा परि ज्यान गुमाएका आमाछोरीको शव परिक्षण गरी आफन्तलाई बुझाइएको प्रहरी उपरीक्षक शर्माले जानकारी दिए ।

पहिरोले ढुङ्गा, माटो र टिनले छाएको एक तले घर र घर नजिकैको गोठ पुरेको थियो भने गोठमा रहेको एउटा भैँसीको समेत मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds