बागलुङमा पहिरोले घर पुरिँदा एक दम्पतीको मृत्यु, बुहारी र नाती घाइते

बागलुङमा पहिरोले घर पुरिँदा एक दम्पतीको मृत्यु, बुहारी र नाती घाइते

pahiro- sanket

सांकेतिक तस्विर

बागलुङ । बागलुङको गलकोटमा पहिरोले घर पुरिँदा एक दम्पतीको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा शनिबार बिहान साढे ३ बजे खसेको पहिरोले घर पुरिँदा स्थानीय ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्तीको मृत्यु भएको प्रहरीले जनाएको छ।

माथिदेखि खसेको पहिरोले विकको घर बगाएको थियो । पुरिएको अवस्थामा दुवै जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ।

पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिविर घाइते भएका छन् । उनीहरूलाई उपचार गर्न गलकोट नगर अस्पताल पठाइएको छ ।

यसैबीच, पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ।

कालीगण्डकी करिडोर र बागलुङ-कुश्मीशेरा सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ