पोखरा । अनेरास्ववियु जिल्ला कमिटी कास्कीले मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा विचार विमर्श कार्यक्रम गरेको छ ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा अनेरास्ववियु कास्कीले शुक्रबार विचार विमर्श कार्यक्रम गरेको हो ।
साथै, अनेरास्ववियु क्याम्पस कमिटीद्वारा वृक्षारोपण कार्यक्रम समेत गरिएको अनेरास्ववियु कास्की अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए ।

कार्यक्रममा उपमहासचिव ज्ञवालीले आज पनि मदन भण्डारीको विचार, सिद्धान्त मन र मष्तिश्कमा रहदै आएको बताए ।
‘आज पनि मदन भण्डारीको विचार, सिद्धान्त मान्दै आएको छौँ र भण्डारी साँच्चैको आज पनि हरेक व्यक्तिको मन, मस्तिष्कमा रहेका छन्,’ उनले भने ।
कार्यक्रममा एमाले जिल्ला कमिटी कास्की अध्यक्ष बैनबहादुर अधिकारी, उपाध्यक्ष भेषराज बराल, अन्नपूर्ण गाउँपालिका पूर्वअध्यक्ष विवेक देवकोटा, अनेरास्ववियु केन्द्रिय सचिव आशीर्वाद सुवेदी, अनेरास्ववियु केन्द्रिय लेखा आयोग सचिव अञ्जली लम्साल, केन्द्रिय सदस्यहरू बिष्णु पोखरेल, विनय पराजुली, गण्डकी प्रदेश कमिटि सहसचिव कृति भट्टराई र दुर्गानाथ लामिछाने, प्रदेश कमिटी सदस्य किशोर सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते