सभामुखसँग सांसद पाठकको माग : सरकारले जवाफ दिन चाहेन, रूलिङ गरियोस्

सभामुखसँग सांसद पाठकको माग : सरकारले जवाफ दिन चाहेन, रूलिङ गरियोस्

kp pathak

पोखरा । गण्डकी प्रदेश सभा सदस्य कृष्णप्रसाद पाठकले सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रूलिङ गर्न सभामुखसँग माग गरेका छन् ।

शुक्रबार शून्य समयमा बोल्दै नेकपा एमाले सांसद पाठकले प्रदेश सभामा उठाइएका विषयमा सरकारले जवाफ नदिएको भन्दै रूलिङ माग गरेका हुन् ।

संसद जनताका आवाज प्रतिबिम्बित हुने सभा भएको, सांसदले जनताका समस्या उठाएको तर त्यसबारे सरकारले कुनै जवाफ नदिएको उनको भनाइ थियो । ‘यस सभामा माननीय सदस्यहरूले उठाएका सवालबारे जवाफ दिनका निम्ति माननीय सभामुख महोदयमार्फत सरकारलाई रूलिङ होस् । म रूलिङको माग गर्न चाहन्छु,’ उनले भने ।

सांसदले उठाएका विषयमा सरकारले जवाफ दिन नचाहेकाले आफूले रूलिङ माग गर्नुपर्ने परिस्थिति बनेको सांसद पाठकको भनाइ थियो ।

बजेटमाथिको छलफल अर्थहीन भएको सांसद पाठकले जिकिर गरे । बजेटमा कुनै परिवर्तन नहुने तर त्यसमा लामो समय छलफल गरेर जनताको आवाज सम्बोधन गर्ने विषयमा ध्यान नदिइएको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds