पोखरामा पार्किङ गरी राखेको रोलर जेसिबीमा आगलागी

पोखरामा पार्किङ गरी राखेको रोलर जेसिबीमा आगलागी

aaglagi

पोखरामा पार्किङ गरी राखेको रोलर जेसिबीमा आगलागी भएको छ ।

पोखरा महानगरपालिका–८ जनप्रिय स्कुल पछाडि प्रतिभा मार्ग सडक निर्माणको लागि पार्किङ गरी राखेको सिम्रन कन्ट्रक्सन प्रालि महतगौडाको जेसिबी रोलर मेशिनमा गए राति आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

आगोलागीबाट रोलरको फलामको भागबाहेक अरु पूर्ण रुपमा क्षति भएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । आगलागीको कारण नखुलेको र घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ