काठमाडौं महानगरपालिकाको नगरसभा बैठक स्थगित भएको छ । मेयर बालेन्द्र साह र वडाअध्यक्षहरूबीचको विवाद साम्य हुन नसक्दा नगरसभा बस्दै नबसी स्थगित भएको हो ।
असार १० गते बसेको नगरसभाको बैठकमा मेयर बालेन्द्र साहले पेस गरेका नीति तथा कार्यक्रममा २८ बुँदे संशोधन प्रस्ताव हालेका थिए । वडाअध्यक्षहरूले हालेका ती संशोधनमा आज छलफल हुने तालिका थियो ।
नगरसभाको १५ औँ अधिवेशन बसेको उक्त दिन आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पेश हुँदा वडाअध्यक्षहरूले संशोधन प्रस्ताव हालेका थिए ।
तर बालेन्द्रले यथासम्भव ती कुरालाई समावेश गरिने एक मुष्ट जवाफ दिएका थिए । उनको जवाफमा चित्त नबुझाएका अन्य जनप्रतिनिधिहरूले बरु यसबारेमा समिति गठन गर्न प्रस्ताव गरेका थिए । आफूहरूले राखेका संशोधन प्रस्ताव सबै समेटिनुपर्ने अडान राखेका उनीहरू र मेयरबीच फेरि द्वन्द्व देखिएको हो ।
आज पनि मेयर साहले असार २ मा जस्तै दलहरूलाई लाञ्छित गर्दै सामाजिक सञ्जालमा स्टाटस लेख्न भ्याएका छन् । दलका नेताहरूका नाममा वडाअध्यक्षले बजेट छुट्याउन भनेपछि आफूले नमान्दा समस्या भएको जिकिर साहले गरेका छन् ।
‘एमाले-कांग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ’, उनले सामाजिक सञ्जालमा भनेका छन् ।
मेयर साहले आज पनि कांग्रेस-एमालेलाई घेर्ने कोसिस गरेका छन । नगरसभामा कांग्रेस र एमालेकै वडाअध्यक्षहरूबाट चर्को आलोचना खेपेका साहले उनीहरूविरुद्ध सामाजिक सञ्जाल उपयोग गरेका हुन् ।
‘सायद कांग्रेस-एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै कांग्रेस-एमालेका नेताहरूको योगदान धेरै देख्नु भयो होला’, उनले भनेका छन्, ‘त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर उहाँहरू जानु भयो ।’
मेयर साहले फेरि फेसबुकलाई दलहरूविरुद्ध प्रयोग गरिरहँदा वडाअध्यक्षहरूले पनि यस कुराको प्रतिवाद गरेका छन् । काठमाडौं महानगर वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले मेयर साह नगरसभा बैठकमा सहभागी हुनै नआएको जानकारी दिएका छन् ।
‘मेयर सा’व नगरसभा बैठकमै आउनु भएन । हामी उहाँलाई कुरिरहेका थियौँ’, उनले भने, ‘मेयर नै बैठकमा नआएपछि बैठक बस्न सकेन ।’
मेयर नै बैठकमा नआएपछि नगरसभा स्थगित भएको बताउँदै उनले सामाजिक सञ्जालमा लेखिएका कुराको अर्थ नहुने बताए ।
काठमाडौं महागरपालिका प्रवक्ता एवम् वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले मेयर या अरु जनप्रतिनिधि सबैले फेसबुकबाजी गर्नेभन्दा बसेर सल्लाह गर्नु उचित हुने बताए ।
उनले फेसबुकमा लेख्नेभन्दा बैठकमै बसेर समाधान खोज्न दुवै पक्षलाई सुझाए । ‘फेसबुकमा स्टाटस लेख्ने भन्दा बैठकमै सल्लाह गरेको भए हुने थियो’, उनले भने, ‘दुवै पक्ष बसेर कुरा मिलाउनु उचित हुन्छ ।’
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो