एक हजारले बढ्यो सुनको मूल्य

एक हजारले बढ्यो सुनको मूल्य

sun-gold

पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८ सय र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहिबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८ सय र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds