गुगलले अब नेवारी भाषा पनि उल्था गर्ने

गुगलले अब नेवारी भाषा पनि उल्था गर्ने

newari-NepalBhasa

पोखरा । सर्च इन्जिन गुगलले नेपाल भाषा (नेवारी)मा पनि उल्था गर्ने भएको छ ।

अंग्रेजी, नेपाली, हिन्दीसहित पहिले १३३ वटा भाषामा उल्था गर्ने गुगलले अरु ११० वटा भाषा थप्दा नेवारी भाषा पनि परेको हो ।

यससँगै कूल १४३ वटा भाषामा उल्था गर्ने सुविधा प्रदान गरेको गुगलले ब्लग पोष्टमार्फत् जानकारी दिएको छ । आफ्नो यो अपडेटले अनुवाद सेवालाई अधिक समावेशी र सुलभ बनाएको गुगगले दाबी गरेको छ ।

सुरुमा गुगलले अंग्रेजी, चाइनिज, फ्रेन्च, जर्मन, जापनिज, कोरियन, पोर्चुगिज, स्पेनिस र टर्किस भाषामा उल्था गर्न थालेको थियो । २०७० सालदेखि नेपाली भाषा पनि थपिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds