सैनिक आवासीय पोखराका आयुषको ४ जिपिए

सैनिक आवासीय पोखराका आयुषको ४ जिपिए

Sainik-awasiya-aayush-Updahyaya

पोखरा ११, फूलबारीस्थित सैनिक आवासीय माविका आयुष उपाध्यायले ४ जिपिए ल्याएका छन् ।

बिहीबार सार्वजनिक एसइई २०८० को नतिजामा उनले ४ जिपिए ल्याएको विद्यालय शिक्षक उपेन्द्र पौडलले जनाए ।

उनका अनुसार १ सय ९८ जना सम्मिलित भएकोमा ३.६ देखि ४ जिपिएसम्म ल्याउने ९३ जना र ३.२ देखि ३.६ जिपिएसम्म ल्याउने ९१ जना छन् ।

गत वर्ष कास्कीबाट मात्र ३ जनाले ४ जिपिए ल्याएकोमा यसपालि बढेर २१ जना पुगेको छ । मदरल्याण्डका १० जना विद्यार्थीले ४ जिपिए ल्याए ।

यस्तै, डिज्नील्याण्डका ३, गण्डकी बोर्डिङका २ जना छन् । सैनिक आवासीय माविसँगै, एसओएस, बालोदय मावि,  सिर्जना मावि, नेशनल इन्भेन्टिभ र शान्ति निकेतनबाट १/१ जना विद्यार्थीको ४ जिपिए आएको सम्बन्धित विद्यालयले जनाएका छन् ।

एसइईमा नेपालभरबाट परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । देशभरबाट ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । उनीहरूमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने छन् । ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेड (एनजी) अर्थात् फेल भएको बोर्डले जनाएको छ।

विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशतअर्थात् २६ दशमलव २५ अंक अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको हो । आन्तरिकतर्फ २५ पूर्णाकको परीक्षामा ४० प्रतिशतअर्थात् १० अंक ल्याउनुपर्छ । ‘एनजी’ आउने परीक्षार्थीले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।

विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् । दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष ‘एनजी’ लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् । एसइई परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ