शान्ति निकेतनकी अदितिले ल्याइन् ४ जिपिए

उत्कृष्ट नतिजाः

शान्ति निकेतनकी अदितिले ल्याइन् ४ जिपिए

aditi parajuli 1

पोखरा वडा नंं ५ पर्स्याङ स्थित शान्ति निकेतन स्कूलकी छात्रा अदिति पराजुलीले ४ जिपिए प्राप्त गरेकी छन् ।

ग्रेडिङ सिस्टम लागु भएपछि विद्यालयमै पहिलोपटक ४ जिपिए ल्याउने अदिति पहिलो विद्यार्थी हुन् ।

स्कूलका सह-प्राचार्य यदुविलास भुर्त्यालका अनुसार ४० जना सहभागी भएकोमा सबै जना सबै विषयमा समुत्तीर्ण भएका छन् र औषत जिपिए ३.६४ रहेको छ ।

शान्ति निकेतन २०६७ र २०७१ मा शतप्रतिशत विशिष्ट श्रेणी उत्तीर्ण गराउन सफल भएको विद्यालय हो ।

पहिलोपटक ४ जिपिए ल्याउने अदिति सानैदेखि उत्कृष्ट र लगनशील विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ