पोखरा वडा नं. १५ स्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीका छात्र सचेत सुवेदीले ४ जिपिए ल्याएका छन् ।
विहीबार प्रकाशित एसईईको नतिजामा १५ वर्षीय सचेतले विद्यालयमै पहिलो पटक ४ जिपिए प्राप्त गरी इतिहास रचेको प्राचार्य चुडामणि सुवेदीले जानकारी दिए ।
एसइईमा अक्षरांकन पद्धति अवलम्बन गरिएपछि एसओएस गण्डकीबाट ४ जिपिएसहित सचेतले नयाँ अभिलेख कायम गरेको प्राचार्य सुवेदीले बताए । ‘ग्रेडिङ सिस्टममा गएपछि पहिलो पटक विद्यालयबाट सचेतले उच्चतम् ४ जिपिए ल्याई ईतिहास रच्न सफल भए ।’ – प्राचार्य सुवेदीले भने । सचेत प्राचार्य चूडामणिकै सुपुत्र हुन् ।
परीक्षाको तयारीमा आफ्नो निरन्तरको साधना तथा शिक्षकहरुको रचनात्मक पृष्ठपोषण र हौसलबाट आफूले यो सफलता हासिल गरेको छात्र सचेतले बताए । ‘सबै विषयलाई समान महत्व प्रदान गरी तयारी गर्दा मैले आज यो सफलता प्राप्त गर्दा खुसी लागेको छ,’ सचेतले भने, ‘यस सफलताका पछाडि मेरा अभिभावकहरूको पनि सदैव उत्प्रेरणादायी भूमिका रह्यो ।’
कक्षामा प्रथम विद्यार्थी सचेत सानैदेखि पढाईमा अब्बल र लगनशील रहेको आमा सीता सापकोटाले बताइन् । विद्यालयबाट ८८ जना सहभागी रहेको र राम्रो नतिजा प्राप्त गरेको प्राचार्य सुवेदीले जनाए ।
विद्यालयतर्फबाट यस वर्ष एसइईमा सहभागी ८८ विद्यार्थीमध्ये ४ जिपिए प्राप्त गर्ने १ र ३.९५ जिपिएभन्दा माथि प्राप्त गर्ने ६ जना विद्यार्थी रहेका छन् । ५१ जना विद्यार्थीले ३.६ भन्दामाथि, १५ जना विद्यार्थीले ३.२ भन्दामाथि र त्यसमुनिका बाँकी विद्यार्थी पनि राम्रै जिपिएका साथ उत्तीर्ण भएको विद्यालयले जनाएको छ ।
सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित एसओएस गण्डकी अनाथ, असहाय र परित्यक्त बालबालिकाका अतिरिक्त समुदायका अन्य बालबालिकालाई समेत शैक्षिक सेवा प्रदान गर्दै आएको उत्कृष्ट शैक्षिक संस्था हो ।
नेपालभरबाट १८६ जनाले ४ जीपीए ल्याएका छन् । गत वर्ष कास्कीबाट मात्र ३ जनाले ४ जिपिए ल्याएकोमा यसपालि बढेर २१ जना पुगेको छ ।
मदरल्याण्डका १० जना विद्यार्थीले ४ जिपिए ल्याए । यस्तै, डिज्नील्याण्डका ३, गण्डकी बोर्डिङका २ जना छन् । एसओएससँगै बालोदय मावि, सैनिक आवासीय मावि, सिर्जना मावि, नेशनल इन्भेन्टिभ र शान्ति निकेतनबाट १/१ जना विद्यार्थीको ४ जिपिए आएको सम्बन्धित विद्यालयले जनाएका छन् ।
एसइईमा नेपालभरबाट परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । देशभरबाट ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । उनीहरूमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने छन् । ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेड (एनजी) अर्थात् फेल भएको बोर्डले जनाएको छ।
विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशतअर्थात् २६ दशमलव २५ अंक अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको हो । आन्तरिकतर्फ २५ पूर्णाकको परीक्षामा ४० प्रतिशतअर्थात् १० अंक ल्याउनुपर्छ । ‘एनजी’ आउने परीक्षार्थीले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।
विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् । दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष ‘एनजी’ लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् । एसइई परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो ।
सम्बन्धित खबर
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी