घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

silver-gold

पोखरा । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८ सय र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार १ सयमा.कारोबार भइरहेको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६ सय र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ९ सयमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ