लागू औषध ओसारपसार तथा सेवनलाई नियन्त्रण तथा न्यूनीकरण गर्ने उद्देश्यका साथ स्याङ्जामा संचालन भएको लागू औषध विरुद्धको अन्तराष्ट्रिय दिवस -२०२४ हिजोदेखि सकिएको छ ।
`लागू औषध दुरुपयोग विरुद्ध लडौँ, रोकथाममा जोड दिऔँ´ भन्ने मुल नारासहित जिल्ला प्रहरी कार्यालय स्याङ्जाको आयोजनामा सप्ताहव्यापी विश्व लागू पदार्थ ओसारपसार विरुद्धको दिवस -२०२४ बिहिवारदेखि सुरु भएको थियो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाको सभाहलमा योग प्रशिक्षणसहित लागू औषध दुरुपयोग एवं अवैध ओसारपसार विरुद्धको दिवस समापन गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
उनले असार ६ गतेदेखि सुरु भएको साप्ताहिक लागू औषध विरुद्धको दिवसका अवसरमा जिल्लास्थित विभिन्न विद्यालयहरुमा साथै समुदायमा संचालन गरिएका सचेतनामुलक कार्यक्रमबाट एक साताभित्र २६ सय जना बढी लाभान्वित भएको जानकारी दिँदै स्याङ्जा जिल्लामा लागू औषध ओसारपसार एवं सेवनलाई नियन्त्रण तथा न्यूनीकरणमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको बताए ।
सप्ताहव्यापी जनसचेतना कार्यक्रमबाट उत्पादनशील र श्रृजनशील युवा जनशक्ति लागू औषधको दलदलमा नफसी समाज र देश निर्माण कार्यमा तल्लीन हुनेछन् भन्ने अपेक्षा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि
पर्यटनमन्त्री पाण्डेद्वारा सातौं स्याङ्जा महोत्सवको उद्घाटन
अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको पर्यटनमन्त्रीद्वारा उद्घाटन
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो