पोखरा । पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमूलक पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’ को पोखरामा परिचर्चा गरिएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा बुधबार पुस्तकको परिचर्चा गरिएको हो । कार्यक्रममा पत्रकार तारामणि सापकोटाले पुस्तकमा समावेशीताको सैद्धान्तिक पक्ष तथा सरकारी सञ्चार संस्था र पेसागत संघसंगठनमा समावेशीकरणको वर्तमान अवस्थाका बारेमा तथ्यांकीय विश्लेषण प्रस्तुत गरिएको लेखक सापकोटाले बताए । पुस्तकमा नेपालमा समावेशिताको अवस्था, नेपाली सञ्चार क्षेत्रमा समावेशिताको अवस्था, मिडियाले खेल्नुपर्ने भूमिका लगायतका महत्वपूर्ण विषय समेटिएको उनले सुनाए ।
नेपाल प्रेस काउन्सिलकी सदस्य दुर्गा भण्डारीले मुलुकको समावेशी अवस्थासँगै पुस्तकमाथि परिचर्चा गरेकी थिइन् । उनले पुस्तकमा नेपालमा समावेशिताको अवस्था, नेपाली सञ्चार क्षेत्रमा समावेशिताको अवस्था, मिडियाले खेल्नुपर्ने भूमिका लगायतका महत्वपूर्ण विषयमा तथ्यांकसहित अनुसन्धानमूलक विषय समेटिएको बताइन् ।
नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले सरकार र राजनीतिक दलहरूले समावेशिताको नारा लगाए पनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताइन् । नेपाली सञ्चार क्षेत्र पनि समावेशिताको अभ्यासमा चुकेको उनको धारणा थियो ।
कार्यक्रममा सहभागीहरुले संविधान र कानुनमा व्यवस्था भएका समावेशिता सम्बन्धी व्यवस्थाहरू व्यवहारमा कार्यान्वयन हुन नसकेको धारणा राखेका थिए । उनीहरूले संविधानको मर्म अनुसार समावेशी समाज निर्माणका लागि मिडियाले खबरदारी गर्नुपर्नेमा जोड दिए । यस्तै पुस्तकमा समाधानका पाटोसँगै कारणको खोजी गर्न उनीहरुले सुझाव दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्मा, नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष दीपक परियार, फोनिज गण्डकीका सदस्य कृष्ण आलेलगायतले जिज्ञासा र सुझाव राखेका थिए ।
फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खिमा गुरुङले स्वागत गरेकी थिइन् । भने, महासचिव धनबहादुर गुरुङ ‘सुमन’ ले सञ्चालन गरेको थिए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने