फेवातालमा डुबेर बागलुङका शुकबहादुरको मृत्यु

फेवातालमा फेरि गयो ज्यान

फेवातालमा डुबेर बागलुङका शुकबहादुरको मृत्यु

५ दिन अघि पनि नौडाँडाँका भण्डारीको ज्यान गएको थियो

fewatal-dea

फेवातालमा डुबेर फेरि एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बाग्लुङ घर भई हाल पोखरा-१८ खपौदी बस्ने ३३ वर्षीय शुकबहादुर मगर रहेका छन् ।

फेवातालमा डुबेर ५ दिन अघि मात्रै कास्की नौडाँडाँका २२ वर्षीय सञ्जय भण्डारीको ज्यान गएको थियो

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आज दिउँसो ४ः३० बजे खपौदीस्थित फेवातालमा माछा मार्ने क्रममा मगर डुबेका थिए ।

मगर डुबेर बेपत्ता भएको खबर प्राप्त हुने बित्तिकै कास्की प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीको फेवातालमा तैनाथ एपिएफ रेस्क्यू वाच टावरको विशेष विपद् उद्धार एवं गोताखोरकाे टोली खटिएको थियो ।

टोलीले खोजी गर्नेक्रममा साँझ ५ः२१ बजे अचेत अवस्थामा उनको उद्धार गरेर उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा ६ः१३ बजे चिकित्सकले मृत घोषणा गरेको कालिका गण कास्कीका गणपति एसपी अरुणकुमार शर्माले जानकारी दिए ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ