घनश्याम भुसाललाई अध्यक्षमा सघाउने गरी ब्याक भए झलनाथ खनाल

एकीकृत समाजवादीको १० औं महाधिवेशनः

घनश्याम भुसाललाई अध्यक्षमा सघाउने गरी ब्याक भए झलनाथ खनाल

jhalanath ghanashyam

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा नउठ्ने भएका छन् । उनले महासचिव घनश्याम भूसाललाई समर्थन गर्ने भएका छन्।

बुधबार दिउँसो खनाल निवास डल्लुमा भएको छलफलमा उनीहरूबीच एकतावद्ध भएर अघि बढ्ने सहमति भएको हो।

भुसाल अगाडि बढ्ने भएसँगै खनाल ब्याक भएका छन् । अब नेकपा एसको अध्यक्षका लागि अध्यक्ष माधवकुमार नेपाल र महासचिव भुसालबीच प्रतिस्पर्धा हुने भएको छ । डल्लुमा युवा नेताहरू पनि पुगेका थिए । आइतबार र साेमबार खनालनिकट सचिवालय सदस्यहरू र युवा तथा विद्यार्थी संगठनका अगुवाहरूले एक जना मात्र मैदानमा उत्रिनुपर्ने दबाब दिएका थिए ।

‘हामीबीच राजनीतिक, वैचारिक र सांगठनिक नेतृत्वमा एकतावद्ध भएर जाने समझदारी भयो,’ खनालले  भने, ‘मैले उठाउँदै आएका राजनीतिक विचारहरू, वैचारिक कार्यदिशा बहन गर्न उहाँ सहमत हुनुभयो। त्यसपछि हामी एक भएर अघि बढ्ने निष्कर्षमा पुग्यौं।’

तपाईंले अध्यक्षको उम्मेदवारमा भूसाललाई समर्थन गर्नुभएको हो भन्ने प्रश्नमा खनालले भने, ‘मेरो राजनीतिक विचार नै उहाँले बोकेपछि म सहमत भएको हुँ।’

यही असार १६ गतेदेखि २० गतेसम्म एकीकृत समाजवादीले काठमाडौंमा महाधिवेशन गर्दैछ। महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपाल पनि उठ्ने तयारीमा छन्।

सम्मानित नेता खनाल पछि हट्ने देखिएसँगै अध्यक्षमा नेपाल र भूसालबीच प्रतिस्पर्धा हुने देखिएको छ। महाधिवेशनमा १८७८ जना प्रतिनिधि छन्। त्यसमध्ये अधिकांश निर्वाचित भइसकेका छन्। केही जनसंगठन र भूगोलका प्रतिनिधिको निर्क्यौल हुन बाँकी छ।

महाधिवेशनको मिति नजिकिएसँगै नेतृत्वको रस्साकस्सी पनि चुलिँदै गएको छ। अध्यक्ष नेपालसहित नेताहरूले सहमतिमार्फत् नेतृत्व चयन गर्ने भने पनि प्रतिस्पर्धाको वातावरण बन्दै गइरहेको छ।

भूसाल समूहतर्फ महासचिवलगायत महत्वपूर्ण बाँकी पदहरूमा को-को उम्मेदवार रहने भन्ने छलफल हुन बाँकी रहेको एक नेताले बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds