लमजुङ पहिरो [अपडेट] : एकै घरका चारै जनाको शव निकालियो

लमजुङ पहिरो [अपडेट] : एकै घरका चारै जनाको शव निकालियो

lamjung death

लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका ४ जनाकै शव निकालिएको छ ।

प्रहरीका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रूद्रमान गुरुङको शव केहि घण्टा अघि फेला परेकोमा बाँकी ३ जनाको शव समेत फेला परेको हो ।

पच्युटोलमा गएराति मध्यरातमा गएको पहिरोमा परी बेपत्ता मध्य रुद्रमानकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू ७ वर्षीया इच्छा र ५ वर्षकी नम्रता गुरूङको शब फेला परेको लमजुङ प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरुको शव निकालेका हुन् ।

यो सँगै पहिरोमा परी लमजुङमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । गएराती पहिरोमा परी दोर्दी गाउँपालिका-९ धैरेनीटोल सुनारगाउँका १६ बर्षीय विकल सुनारको समेत मृत्यु भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ