लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

chatyang-1

लमजुङ । अविरल वर्षासँगै गएराती परेको चट्याङका कारण लमजुङमा एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।

क्व्होलासोथार गाउँपालिका–७ तल्लो चरागाउँ केम्लीका ६५ वर्षीय दानबहादुर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता इन्सपेक्टर थानेश्वर चपाईले जानकारी दिए । प्रहरीका अनुसार गएराती २ बजेतिर पिसाव फेर्न बाहिर निस्केको बेलामा चट्याङले लागेर भुजेलको मृत्यु भएको हो ।

यस्तै, चट्याङका कारण राइनास नगरपालिका–९ ढाड कलाउँचेका ३८ वर्षीय रामचन्द्र अधिकारी घाइते भएका छन् । अधिकारीको सुन्दरबजारस्थित नमुना अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ