मुक्तिक्षेत्रमा एकै दिन ६ हेली

मुक्तिक्षेत्रमा एकै दिन ६ हेली

heli mukti

जोमसोम । हिन्दु तथा बौद्ध धर्मालम्बीको साझा तीर्थस्थल मुक्तिनाथ दर्शनका लागि मंगलबार बिहान भारतीय पर्यटक लिएर एकै दिन ६ वटा हेलिकोप्टर मुक्तिनाथ क्षेत्रमा अवतरण गरे ।

काठमाडौं र पोखराबाट २९ भारतीय पर्यटक लिएर विभिन्न एअरलायन्सका ६ हेलिकोप्टर मुक्तिनाथ क्षेत्रमा आएका हुन् ।

सिम्रिक एअर, एअर डाइनोस्टिक, मनाङ एअर, अल्टिच्युड हेली, माउन्टेन हेली जहाजले भारतीय दर्शनार्थी लिएर मुक्तिनाथ हेलिप्याडमा अवतरण भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

हेलीमा मुक्तिनाथ दर्शन गर्न आउने भिआइपी नभई सामान्य पर्यटक रहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले उल्लेख गरे ।

मनसुन सुरु भइसकेकाले बेनी—जोमसोम सडकको अवस्थालाई मध्यनजर गर्दै भारतीय पर्यटक हेली चढेर सिधै मुक्तिनाथ आएको उनले जनाए । बर्खायाम सुरु भएसँगै मुस्ताङमा पर्यटक गतिविधि कम भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds