पोखरामा बसले किचेर एक महिलाको ज्यान गएको छ ।
पोखरा महानगरपालिका वडा नं. २७ तालचाेकमा ग१ख ४२२५ नम्बरको बसले किच्दा कास्कीको मादी गाउँपालिका वडा नं. ९ मिजुरे घर भएर पोखरा-२९ आदर्शचोक बस्दै आएकी बुद्धिसरा नेपालीको ज्यान गएको हो ।
कास्की प्रहरीका अनुसार ती महिला बसबाट झर्ने क्रममा बस अचानक अगाडि बढाइएको र बसको पछाडिको चक्काले किचेको हो ।
प्रहरीका अनुसार मंगलबार साँझ ७ बजे पोखराबाट दमौलीतर्फ जाँदै गरेको उक्त बसले किच्दा अन्दाजी ४२ वर्षीया नेपाली गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा राति १० बजेतिर चिकित्सकले मृत घोषणा गरेका हुन् ।
बस र पोखरा-२६ जलधारे घर भएका चालक ३२ वर्षीय कमल विक डाँडाकोनाक प्रहरी चौकीको नियन्त्रणमा रहेका छन् ।
सम्बन्धित खबर
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते