पोखरा । पोखरामा सोमवारदेखि शुरु भएको पाँचौं गिरिजाप्रसाद कोईराला राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिप अन्तरगत मंगवारका खेलमा विभागीय टोली हावी भएका छन् ।
पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतियोगिताका खेलहरुमा विभागीय डर्बीको नेपाली सेनाले मधेश प्रदेशलाई ६–० गोल अन्तरले पराजित गर्यो । नेपाली सेनाका लागि दीपेन्द्र अयर प्रदीप राजवंशी, राजेन्द्र कार्कीले गोल गरेका थिए । सो खेलमा नेपाली सेनाका रोशन चौधरी प्लेयर अफ द म्याच भए ।
यसैगरी अर्को खेलमा नेपाल प्रहरीले कोशी प्रदेशलाई ४–१ गोल अन्तरले पराजित गर्यो । पुलिसका लाग महेश धामी, सागर आचार्य, रोमन राणा र सुरज बोहोराले गोल गरेका थिए । कोशी प्रदेशको तर्फबाट रिसब चौधरीले एक मात्रै गोलले अग्रता दिलाएका थिए ।
सो खेलमा नेपाल प्रहरीका महेश धामी प्लेयर अफ द म्याच बने ।
यसैगरी अर्को खेलमा कर्णाली प्रदेशले वागमती प्रदेशलाई २–० गोेल अन्तरले पराजित गरेको छ । कर्णालीका लागि दुवै गोल जीवन रावतले गरेका थिए । खेलमा रावत नै प्लेयर अफ द म्याच घोषित भए ।
अर्को खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेश विरुद्ध फराकिलो जीत हात पारेको छ । गण्डकीले लुम्बिनीलाई १०–० गोल अन्तरले पराजित गरेको हो । गण्डकीका लागि असिम बहेकले ३ गोल गरेका थिए । यसैगरी पवन परियार, कुशल नेपाली, प्रेम बिके तथा मोहन पुनले गण्डकीलाई सहज जित दिलाएका थिए ।
सो खेलमा गण्डकीका कुशल नेपाली प्लेयर अफ दि म्याच भए ।
सोही प्रतियोगिता अन्तरगत भएको अर्को खेलमा पनि कर्णाली प्रदेश विजयी बनेको छ । कर्णालीले मधेश प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको हो । कर्णालीको लागि उज्जवल राजत र जीवन रावतले गोल गरेका थिए भने, उज्जवल रावत प्लेयर अफ दि म्याच घोषित भएका थिए ।
मंगलवार नै भएको अर्को खेलमा नेपाल प्रहरीले लुम्बिनी प्रदेशलाई ८–१ गोल अन्तरले पराजित गरेको छ । नेपाल प्रहरीका लागि रोमन राना, सागर आचार्य, महेश धामी, सुरेश जोशीले गोल गरेका थिए भने, लुम्बिनीका लागि अदनाल अन्सारीले एकमात्र गोल गरेका थिए ।
नेपाल हक्की संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा भएको प्रतियोगितामा विभागीय दुई नेपाली सेना र नेपाल प्रहरी तथा छ वटा प्रदेशका टीमको सहभागिता रहेको छ । प्रतियोगितामा गण्डकी प्रदेश हक्की संघले व्यवस्थापनको पाटो हेरिरहेको छ ।
प्रतियोगिताको विजेताले ५० हजार नगद, उप विजेताले ३० हजार र तेस्रो हुने टीमले १५ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलाडीले विभिन्न ७ वटा विधामा ५÷५ हजार नगद पुरस्कार व्यक्तिगत रुपमा प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेता तथा उपविजेता टीमलाई बुधवारको फाईनल पछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
पूर्वेली एफसीलाई भिमप्रसाद स्मृति मुस्ताङ कपको उपाधि
हिसान गण्डकी फुटसल प्रतियोगिता सुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी सुरुवात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो