मनसुनी वर्षा सक्रिय भएपछि मङ्गलबार रातिबाट लगातार भारी वर्षा भइरहेको छ । वर्षाका कारण नदीका सतहहरू बढेका छन् । पो
अविरल वर्षापछि बिहान ६:३० बजे विजयपुर खोला नजिकै पोखरा महानगरपालिका वडा नं. १४ चाउथे, आनन्द टोलस्थित घट्टेकुलोमा पानीको बहाव बढ्दा पृथ्वी राजमार्ग सडक खण्ड भासिएको छ । झन्डै ५ मिटर लम्बाइ र १.५ मिटर चौडाइ सडक घट्टेकुलोको पानीले काटेको छ ।
उक्त स्थानदेखि १० मिटर अगाडि सडक खण्डमा अर्कोतर्फको ७ मिटर लम्बाइ र १ मिटर चौडाइ भासिएर खसेको छ । हाल सडक एकतर्फी मात्रै सञ्चालनमा रहेको र अन्य मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
वर्षाका कारण पोखरा ७ र पोखरा ३३ का केही घर डुबानमा परेका छन् ।
पोखरा-७ गैरीखेतमा दुई घर डुबानमा परेको छ । सथानीय कुमार सुनार र रेशम गुरूङको घरमा डुबानमा परेको हो । डुबानले जनजीवन प्रभावित पारेको छ । उक्त घरमा प्रहरीले मोटरद्वारा पानी तानेर उद्धार कार्य गरिहेको छ ।
पोखरा-३३ बागमारास्थित सिप्लिङतारा टोलमा अविरल बर्षा पछि तीन घर डुबानमा परेको छ । स्थानीय राम्जी बास्तोला, सुमन विक र बाबुराम बस्नेतको घर डुबानमा परेको हो । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधवार बिहान जारी गरेको नियमित बुलेटिनमा केही स्थानमा आगामी तीन दिनसम्म वर्षा हुने जनाएको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो