नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्री दाहालले दिए गितार उपहार

नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्री दाहालले दिए गितार उपहार

Karan_Prachand

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आइडल सिजन ५ का विजेता करण परियारलाई बधाइ दिएका छन् ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले परियारलाई बधाइ दिएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री दाहालले परियारलाई गितार उपहार दिएका थिए ।

परियारलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख–दुःखमा आफू साथमै रहेको बताए ।

प्रधानमन्त्री दाहालले परियारको सांगीतिक भविष्य निकै राम्रो रहेको बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ