चट्याङ लागेर नन्द–भाउजूको मृत्यु

चट्याङ लागेर नन्द–भाउजूको मृत्यु

nanda-bhauju

रोल्पा । रोल्पामा मध्यराति परेको चट्याङ लागेर सुतिरहेका दुई जनाको मृत्यु भएको छ।

सुनछहरी गाउँपालिका वडा नम्बर ३, भित्री गामकी २२ वर्षीया जाइता घर्ती मगर र १४ वर्षीया गोमाला घर्ती मगरको मृत्यु भएको हो। मृतकहरू नाताले नन्द–भाउजू हुन्।

मंगलबार १ बजेतिर उनीहरूलाई चट्याङले हानेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ। जाइताका श्रीमान बागलुङबाट घर आउन लागेकाले घटनास्थलबाट अझै शव उठाइएको छैन।

उनी बागलुङमा मजदुरी गर्न गएको प्रहरीले बताएको छ। घरमा जाइता, गोमाला र जाइताका ६ वर्षीय छोरा थिए। छोरा सकुशल छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ