इनड्राइभ र पठाओ एप प्रयोग गरी यात्रुओसारपसार गर्ने २६ सवारी साधन नियन्त्रण

कारबाही

इनड्राइभ र पठाओ एप प्रयोग गरी यात्रुओसारपसार गर्ने २६ सवारी साधन नियन्त्रण

karbahi bike

पोखरा । प्रहरीले पोखरामा पठाओ र इनड्राइभ एप प्रयोग गरी यात्रुलाई ओसारपसार गर्ने २६ सवारी साधनलाई नियन्त्रण लिएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले निजी तथा सार्वजनिक सवारी साधनले दर्ता नगरी अनधिकृत मोवाईल एप प्रयोग गरी यात्रुलाई ओसारपसार गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

२२ वटा स्कुटर र मोटरसाइकल तथा ४ वटा चारपांग्रे सवारी साधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

गण्डकी प्रदेश यातायात व्यबस्था कार्यालय कास्कीको दर्ता नगरी चलाइएका विभिन्न एपहरुको प्रयोग गरी यात्रु ओसारपसार गर्न नदिने भन्ने निर्देशनानुसार सवारी साधनलाई नियन्त्रणमा लिएको डिएसपी शर्माले बताए ।

सोमबार नियन्त्रणमा लिइएको सवारी साधनलाई अब उप्रान्त दर्ता नगरी सञ्चालन नगर्ने गरी एक पटकलाई सम्झाई बुझाई गरी सम्बन्धित सवारी धनिलाई सवारी साधन जिम्मा लगाइएको डिएसपी शर्माको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ