विक्रमको मार्मिक गीत ‘बुकी फुलेछ’ बजारमा

गीत संगीत

विक्रमको मार्मिक गीत ‘बुकी फुलेछ’ बजारमा

लोक सर्जक विक्रम पौडेलको नयाँ गीत ‘बुकी फुलेछ’ सार्वजनिक भएको छ ।

शिक्षाकर्मीसमेत रहेका पौडेलले जीवनमा केहि पनि सोचे झैँ नहुने रै’छ भन्ने भावलाई माया प्रेमको प्रसंगमा जोडेर  गीत सिर्जना गरेका छन् । युवाको प्रेम पीडालाई आधार बनाएर रचेको यो गीत आफ्नै च्यानलबाट सार्वजनिक गरेका छन् ।

उनकै शब्द र संगीतमा गीत बनेको छ । मीठो स्वरका धनी गायक राजन कार्कीको एकल आवाजमा रहेको यो गीत दर्शक श्रोताले मन पराउनेमा विक्रम ढुक्क छन् ।

पूर्ण संयोगको एरेन्ज तथा मुर्चुङ्गा डिजिटल रेकर्डिङ र बाँसुरी रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गरिएको हो । हिमालपारीको जिल्ला मुस्ताङको मार्फा गाउॅंमा यो गीत छायांकन गरिएको छ ।

यस मार्मिक प्रेमकथालाई भिडियोमा पनि उत्तिकै न्याय गरिएको छ । टिकटक बाट चर्चा कमाएका अशोक पौडेल र लोकप्रिय मोडल जुना गुरुङले यस गीतमा स्क्रिन शेयर गरेका छन् ।

रेशम दर्लामीले कोरियोग्राफी गरेको भिडियो कुमार केसी ले निर्देशन गरेका हुन भने अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds