गण्डकीका पदमुक्त सांसद फणिन्द्रको मुद्दा हेर्दाहेर्दैमा

गण्डकीका पदमुक्त सांसद फणिन्द्रको मुद्दा हेर्दाहेर्दैमा

Phadindra

पाेखरा । गण्डकीमा  माओवादी संसदीय दलबाट कारबाहीमा परेका सांसद फणिन्द्र देवकोटाले दायर गरेको रिट हेर्दाहेर्दै राखिएको छ ।

माओवादीले गरेको कारबाहीको विरुद्ध सर्वोच्च पुगेका देवकोटाको आइतबार पेशी थियो । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको देवकोटाको मुद्दामा आइतबार हेर्दाहेर्दैमा राखिएको छ ।

देवकोटाले असार ६ गते आफूमाथि कारबाही गरिएको निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले आफू नेपाल समाजवादीको सांसद भएको दाबी गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए ।

माओवादी संसदीय दलले आफ्नो दलले लगाएको ह्वीप उल्लंघन गरेको भन्दै निलम्बन गरेको थियो । निलम्ब्न पत्र प्रदेश सभामुख कृष्णप्रसाद धितालले संसदमा पढेर सुनाइसकेका छन् । कारबाही विरूद्ध देवकोटा सर्वोच्च पुगेका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ