पर्सा निकुञ्जमा सिकारी र सेनाबीच दोहोरो झडप, एक सिकारीको मृत्यु

पर्सा निकुञ्जमा सिकारी र सेनाबीच दोहोरो झडप, एक सिकारीको मृत्यु

death-body

पर्सा । पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र वन्यजन्तु सिकारी र निकुञ्ज सुरक्षाकर्मीबिच भएको दोहोरो झडपमा एक जना सिकारीको मृत्यु भएको छ ।

निकुञ्ज कर्मचारी, नेपाली सेनासहितको टोली गस्तीको क्रममा वन्यजन्तु सिकारीसँग जम्काभेट हुँदा दोहोरो झडप भएको थियो ।

सो झडपमा वन्यजन्तु सिकारी हेटौँडा उपमहानगर वडा नं १४ का ५२ वर्षीय सुकबहादुर तिक्तुङ्गको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । प्रहरीका अनुसार दोहोरो झडपको क्रममा हतियारसहित ५ जनाको समूहमा आएका सिकारीहरूमध्ये अन्य ४ जना भाग्न सफल भएका थिए ।

सिकारीहरू भाग्ने क्रममा उनीहरूको साथबाट २ थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने ५७ राउन्ड गोली, ३ सय ग्राम बारुद, २ वटा मोबाइल, हँसिया, खुकुरी, लाइटर लगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ