पोखरा । गण्डकी प्रदेशका जिल्लाहरूबीच भएको हक्की प्रतियोगिताको उपाधि कास्की जिल्लाले जितेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा दुई दिनसम्म प्रतियोगिता भएको हो ।
पोखराको रामबजार स्थित भारतीय पेन्सन क्याम्पको मैदानमा शनिबार भएको फाईनलमा बागलुङ्लाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । गत वर्ष भएको हक्की प्रतियोगितामा पनि कास्कीले तनहूँलाई पराजित गर्दै उपाधि जितेको थियो ।
दोस्रो खेलमा स्याङ्जाले तनहूँलाई १–० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्यो । विजेता कास्कीले नगद २० हजार, उपविजेता वागलुङ्ले १५ हजार र सह विजेता स्याङजाले १० हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विजेता तथा उपविजेताहरुलाई समापन समारोहका प्रमुख अतिथि भारतीय पेन्सन क्याम्पसका चिकित्सक मेजर डाक्टर आश्विन नारायणकार, नेपाल भारत मैत्री विद्यालयका प्रिन्सिपल मिथुन जय सहायक प्रिन्सिपल अशोक गुरुङ, नेपाल हक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खड्का, केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष हितकुमार गुरुङ, केन्द्रीय सदस्य मिलन केसी, पुर्व हक्की खेलाडी तिलकबहादुर केसी, जिल्ला सदस्य राजु थापा, धनसिंह गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य सदस्य ऋषिराम गौतम लगायतले पुरस्कार वितरण गरेका थिए ।
गण्डकी प्रदेश हक्की संघका अध्यक्ष दीपकबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा वक्ताहरुले १० औं राष्ट्रिय खेलकुदको पूर्व तयारी स्वरुप यो प्रतियोगिताको आयोजना गरिएको बताएका थिए ।
आयोजकका अनुसार यो प्रतियोगितामा सहभागी सबै जिल्लाका उत्कृष्ट खेलाडी छनौट गरेर १० औं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको टीम निर्माण गरिनेछ ।
सम्बन्धित खबर
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द
गण्डकी प्रदेश प्रमुख भट्ट अस्वस्थ
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो