पोखरा । नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को सदस्य संस्था यातायात मजदुरहरूको छाता संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आफ्नो ४५ औं स्थापना दिवस देशभर विविध कार्यक्रमका साथ मनाएको छ ।
संगठनको गण्डकी प्रदेश कमिटीले पनि विविध कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ ।
शनिबार पोखरा नागढुंगा स्थित चरक मेमोरियल हस्पिटलको प्राविधिक सहयोगमा सुगर तथा ब्लड प्रेसर परीक्षण गरेको छ । १८० जनाले स्वास्थ्य जाँच गराएको अस्पतालका पब्लिक रिलेशन अफिसर सोवित सुवेदीले जानकारी दिए ।
चरकले यसअघि दर्जनौँ स्थानमा आयोजित स्वास्थ्य शिविरमा प्राविधिक सहयोग गरिसकेको छ । गण्डकी प्रदेश अन्तर्गत कास्कीसँगै गोरखा, म्याग्दी, बागलुङ, स्याङ्जा लगायतका स्थानमा पनि पूर्ण निःशुल्क सेवा सहितको प्राविधिक सहयोग गरिसकेको प्रबन्ध निर्देशक कपिल पोखरेलले जानकारी दिए ।

यस्तै, हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा चेकजाँच तथा नेपाल रेडक्रस सोसाइटी अन्तर्गत गण्डकी प्रादेशिक रक्त सञ्चार केन्द्रसंगको सहकार्यमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको संगठनका गण्डकी प्रदेश अध्यक्ष विष्णु बहादुर खत्रीले जानकारी दिए । उक्त कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एसपी जनक बहादुर शाहीको प्रमुख आतिथ्यता तथा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्रीको विशेष आतिथ्यतामा भएको कार्यक्रममा संगठनका प्रतिनिधि परिषद उपप्रमुख कर्ण सिं गुरुङ, उपमहासचिव एवं गण्डकी प्रदेश इञ्चार्ज विष्णु बहादुर पराजुली, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसी, पोखरेली ट्याक्सी सेवा प्रालिका सञ्चालक मदन सुनार, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका प्रदेश र जिल्ला अध्यक्ष लगायत संगठनमा आवद्ध मजदुरहरूको बाक्लो उपस्थिति रहेको थियो ।
तस्वीरहरूः


सम्बन्धित समाचारः
आँधीखोला ओहियामा बृहत् स्वास्थ्य शिविरमा चरकको सहयोग
चरकको सहयोगमा धम्पुसमा निःशुल्क स्वास्थ्य शिविर
माछापुच्छ्रेमा चरकको सहयोगमा सञ्चालित स्वास्थ्य शिविरबाट ३६७ जना लाभान्वित
चरकको सहयोगमा दमेक रेडक्रसको स्वास्थ्य शिविर
चरक अस्पतालको सहयोगमा म्याग्दीमा निःशुल्क स्वास्थ्य शिविर
६५० जना लाभान्वित
चरकको प्राविधिक सहयोगमा गाेरखामा निःशुल्क स्वास्थ्य शिविर
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने