चट्याङ पर्दा दुई लाखको क्षति

चट्याङ पर्दा दुई लाखको क्षति

chatyang pic

स्याङ्जाको बिरुवा गाउँपालिका -८ तर्ले पिपलडाँडामा चट्याङ पर्दा करिब दुई लाख पैंतालीस हजार बराबरको क्षति भएको छ ।

शनिबार बिहान करिब १:३० बजे स्थानीय ८७ वर्षीय टोप बहादुर थापाको टिनले छाएको एक तले गोठमा चट्याङ पर्दा क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

चट्याङ पर्दा मानवीय क्षति नभएपनी थापाको गोठमा रहेका २ वटा भैँसीको मृत्यु, एकवटा पाडो घाइते, एकवटा हाते ट्याक्टर र एकवटा मिनि मिल जलेर नष्ट हुँदा क्षति भएको डिएसपी रानाले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds