पोखरामा स्केटबोर्ड प्रतियोगिता

पोखरामा स्केटबोर्ड प्रतियोगिता

Skate Board Photo

पोखरा । नेपाल स्केटबोर्ड संघको आयोजनामा पोखरामा शुक्रबार ११ औं जिल्ला स्तरीय खुल्ला स्केटबोर्ड प्रतियोगिता भएको छ ।

विश्व स्केटबोर्ड दिवसको अवसरमा आयोजित प्रतियोगितामा समिर भण्डारी प्रथम भए । सुमित गुरुङ द्वितिय र अनिस गुरुङ तृतिय भएको प्रतियोगिता संयोजक तारानाथ अधिकारीले जानकारी दिए । प्रथम भएका समिरले स्केटसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । द्वितिय भएका सुमितले स्केट ट्रक र तृतिय बनेका अनिसले सेफ्टी प्याडसहित मेडल र प्रमाणपत्र हात पारे ।

प्रतियोगिता संयोजक अधिकारीका अनुुसार स्केटबोर्ड ट्रिक्समा पेम्थिलिङ शेर्पा प्रथम, अनिस गुरुङ द्वितिय र सुमित गुरुङ तृतिय भए । स्केट बिएमएक्स साइकल प्रतियोगितामा निशान राना प्रथम र सुरज विक द्वितिय बने । उनीहरुसँगै प्रतियोगितामा कम उमेरका सहभागी श्रवण कोइरालालाई मेडल र प्रमाणपत्र प्रदान गरिएको संयोजक अधिकारीले जानकारी दिए । प्रतियोगितामा १३ जना खेलाडीले सहभागिता जनाएका थिए ।

विजेता खेलाडीहरुलाई पर्यटन व्यावसायी तथा पूर्व बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई, नेपाल स्केट बोर्ड संघका अध्यक्ष रामचन्द्र कोइराला, बरिष्ठ उपाध्यक्ष सुनिल क्षेत्री, उपाध्यक्ष विश्वराज पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए ।

पर्यटन व्यावसायी तथा पूर्व बक्सिङ खेलाडी भट्टराईले खेलकुद सहरको गहना भएको बताए । ‘खेलकुद सहरको गहना हो । जुन सिटीमा खेलकुद हुन्छ भने त्यो समृद्ध सिटी हो,’ उनले भने, ‘अनि विश्वमा नेपाल चिनाएको एउटा हिमालले हो अर्को भनेको खेलकुदले नै हो ।’ खेल क्षेत्रले पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने उनले सुनाए ।

नेपाल स्केट बोर्ड संघका अध्यक्ष रामचन्द्र कोइराला, कार्यक्रम संयोजक तारानाथ अधिकारी, जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव सुनबहादुर लामालगायतले स्केटबोर्ड खेल विकासका लागि सरकारले लगानी थप्नुपर्नेमा जोड दिएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ