फेवातालमा डुबेर कास्की नौडाँडाका २२ वर्षीय सञ्जयको मृत्यु

फेवातालमा डुबेर कास्की नौडाँडाका २२ वर्षीय सञ्जयको मृत्यु

fewa duber

पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ ।

कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. २ नौडाँडाका २२ वर्षीय सञ्जय भण्डारीको डुबेर मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । उनी टुहुरा हुन् । परिवारका अनुसार सानैमा बुवा र अामाको मृत्यु भएको थियो ।

कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार पौडी खेल्न पोखरा वडा नं. २२ चिसापानीस्थित फेवातालमा अपरान्ह ४ः५५ बजेतिर तालमा पसेका भण्डारी केही बेरमै बेपत्ता भएका थिए ।

भण्डारी बेपत्ता भएको सूचना पाउने बित्तिकै सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएर उनलाई अचेत अवस्थामा निकालिएको थियो । तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकोमा  भण्डारीलाई चिकित्सकले मृत घोषणा गरेका हुन्

लेकसाइड क्विन पार्कमा काम गर्ने भण्डारी अन्य चार जना साथीसँग पौडी खेल्न गएका थिए । उनीहरू भने सकुशल रहेको सशस्त्र प्रहरी कालिका गणका गणपति एसपी अरूण कुमार शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ