गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हरेक ब्यक्तिकालागि योग र साधना सँधै अपरिहार्य रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय दूतावासको आयोजनामा पोखरामा शुक्रवार आयोजित कार्यक्रममा बोल्दै उनले भने ‘आजको दिनमा योगको महत्व झनै धेरै छ, तनावबाट मानिसलाई मुक्त गराउन योग, ध्यान र साधन जरुरी छ ।’
योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आध्यात्मिक चेतका साथ जिउन सिकाउने कलाको रुपमा चिनिन्छ । योगले मानिसको जीवनशैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न मद्दत पुग्ने मुख्यमन्त्री पाण्डेले बताए ।

गण्डकी प्रदेश सरकारले आगामी वर्ष ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने नाराका साथ स्थानीय तहहरुको सहयोगमा स्वस्थ जीवनशैलीका लागि योग कार्यक्रम संचालन गर्न लागेको उनले बताए । ‘पोखरा महानगरपालिका भित्र योग साधना केन्द्र संचालन गर्ने योजना पनि छ’ मुख्यमन्त्री पाण्डेले भने ‘नेपालको पर्यटकीय राजधानी पोखरालाई हामी धार्मिक र योग पर्यटनका हिसाबले पनि अघि बढाउन चाहान्छौँ ।’

संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन सुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए ।
प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले समर्थन गरेको स्मरण गर्दै मुख्यमन्त्री पाण्डेले योग दिबसले नेपाल भारत बिचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै आएको बताए । उक्त कार्यक्रममा भारतीय राजदुत नवीन श्रीवास्तव, जनप्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो ।



सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने