१९ सयले बढ्यो सुनको मूल्य

१९ सयले बढ्यो सुनको मूल्य

sun gold

पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ हजार ९ सयले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि, बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि तोलाको २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds