एसईईको नतिजा अर्को हप्ताभित्र सार्वजनिक हुने

एसईईको नतिजा अर्को हप्ताभित्र सार्वजनिक हुने

neb

पोखरा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अर्को हप्ताभित्र सार्वजनिक हुने भएको छ । अहिले नतिजा प्रकाशनअघिको तयारी भइरहेको र अर्को हप्ताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

२०८० चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी भएका थिए ।

यस पटकदेखि परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गर्ने तयारी छ । विद्यार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनै पर्छ । दुई विषयसम्म नन ग्रेडेड (एनजी) ल्याउनेलाई ग्रेडवृद्धिको मौका दिइने बोर्डले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ