आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

yog

प्रतिकात्मक चित्र

पोखरा । आज जुन २१ । दशौँ अन्तर्राष्ट्रिय योग दिवस । ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ। योग एउटा समग्र अभ्यास हो जसमा शारीरिक आसन, प्राणायाम (श्वास अभ्यास), ध्यान र नैतिक सिद्धान्त (यम र नियम) समावेश रहेको हुन्छ ।

यो मन, शरीर र आत्माबीच तादम्यता एवम् सद्भावको भावलाई विकसित एवम् त्वरित गर्ने प्रतीक पनि हो । यसले वर्तमानमा केन्द्रित हुँदै तनाव एवम् नकारात्मकताबाट बच्न सिकाउँदछ । योगले आफ्नो जीवनमा शान्ति र सद्भाव खोज्नमा सघाउने योग गुरुहरु बताउँछन् ।

संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो । महासभामा उक्त प्रस्ताव भारत सरकारले प्रस्तुत गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ