नेकपा एसले कास्कीबाट छान्यो २१ महाधिवेशन प्रतिनिधि

नेकपा एसले कास्कीबाट छान्यो २१ महाधिवेशन प्रतिनिधि

गण्डकी प्रदेशका ११ जिल्लाबाट ७५ जना प्रतिनिधि सर्वसम्मत

ekikrit-Samajbadi-pic

नेकपा एकीकृत समाजवादीले आफ्नो १० औँ महाधिवेशनका लागि देशै भरिबाट प्रतिनिधि छनौट गरेको छ ।

यही असार १६ गते देखि २० गते सम्म काठमाण्डौमा हुने महाधिवेशनका लागि मुलुकभरी बाट एक हजार आठ सय बढी प्रतिनिधि सहभागी छनौट भएका हुन् ।

यसैबीच, गण्डकी प्रदेशका ११ जिल्लाबाट पनि प्रतिनिधिहरू छानिएका छन् । गण्डकी प्रदेशका ११ जिल्लाबाट ७५ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएको पार्टीका गण्डकी अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए ।

कास्कीमा ३ वटा सङ्घीय निर्वाचन क्षेत्रबाट २० जना र मजदुर फाँटबाट १ जना गरी २१ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन् ।

कास्कीको निर्वाचन क्षेत्र नं. १ बाट खुल्ला ६ जना, महिला २ जना उत्पीडित क्षेत्रबाट १ गरी ९ जना छनौट भएका छन् । यस्तै, क्षेत्र नं २ बाट खुल्ला ४, महिला २ र उत्पीडित १ गरी ७ जना र क्षेत्र नं. ३ बाट खुल्ला ३ जना र महिला १ गरी ४ जना तथा मजदुर इलाकाबाट १ जना गरी २१ जना प्रतिनिधि चयन हुने व्यवस्था छ ।

जसअनुसार कास्की क्षेत्र नं १ बाट खुल्लामा पूर्ण लामा, डिवी राई, राजन शर्मा पराजुली, कपिल पौडेल, मधुसूदन देवकोटा र नारायण बजगाईँ  महिलामा के पौडेल, दिलमाया गुरुङ र दलित तर्फ जित बहादुर सुनार प्रतिनिधि चयन भएका छन् ।

क्षेत्र नंं. २ बाट खुल्ला तर्फबाट खड्ग हमाल, मुक्ति पौडेल, झपिन्द्रराज रेग्मी र नवराज सुवेदी, महिला तर्फ शर्मिला पौडेल, दान कुमारी बराल र दलित तर्फ टङ्क विश्वकर्मा प्रतिनिधिमा चयन भएका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नं ३ वाट खुल्लामा प्रेम प्रसाद पौडेल, नवराज पहारी, ई. दीपेन्द्र बास्तोला र महिलामा गरिमा पोखरेल चयन भएका छन् । मजदुर इलाकाबाट हरिराम धिताल छनौट भएका छन् ।

सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यमा नेकपा एकीकृत समाजवादी गण्डकीका इन्चार्ज तुल बहादुर गुरुङ, पोलिटब्युरो सदस्य एवं गण्डकीका अध्यक्ष श्रीनाथ बराल, केन्द्रीय सदस्य तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र अर्का केन्द्रीय सदस्य कृष्ण नेपाली लगायतले आवश्यक सहजीकरण गरेका छन् ।

केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरू स्वतः प्रतिनिधि हुने भएकाले कास्कीबाट स्थायी कमिटी सदस्यहरू तुल बहादुर गुरुङ र शारदा प्रसाद सुवेदी, पोलिटब्युरो सदस्य श्रीनाथ बराल, केन्दिय सदस्यहरू धनराज आचार्य, कृष्ण नेपाली, रत्ना गुरुङ र गज कुमारी गुरुङ तथा केन्द्रीय निकायका विजयबाबु बनवासी र मदन काजी श्रेष्ठ समेत ९ जना गरी कास्कीबाट ३० जनाको महाधिवेशनमा प्रतिनिधित्व हुने भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds