न्यू मोडलको फुटसल सुरु, ४० टीमको सहभागिता

न्यू मोडलको फुटसल सुरु, ४० टीमको सहभागिता

new-model

पोखरा नागढुंगा स्थित न्यू मोडल सेकेण्डरी स्कुलको आयोजनामा एसइई दिएर बसेका विद्यार्थी लक्षित फुटसल सञ्चालन गरिएको छ ।

प्रतियोगिता उद्घाटन गर्दै जनप्रिय बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रनारायण बिजुक्षेले स्वास्थ्यका लागि खेल महŒवपूर्ण रहने भन्दै खेलाडीले अनुशासनपूर्वक खेल्नुपर्ने बताए ।

विद्यालय निर्देशक भरत गौतमको अध्यक्षतामा भएको प्रतियोगितामा ४० टिमले भाग लिएका छन् । २ दिनसम्म चल्ने प्रतियोगितामा पहिलो दिन बिहीबार पहिलो चरणका खेल सम्पन्न भइसकेका छन् ।

उपाधि विजेताले १० हजार, उपविजेताले ५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । विद्यालय सहनिर्देशक लक्ष्मण पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालक सहायक प्राचार्य पदम बस्ताकोटीले सञ्चालन गरेका थिए ।

विद्यालयले प्लस टुमा व्यवस्थापन र होटल म्यानेज्मेन्ट पढाउने गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ