जिल्ला प्रहरी कार्यालय स्याङ्जाको आयोजनामा लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस -२०२४ सप्ताहव्यापी रुपमा स्याङ्जामा मनाइने भएको छ ।
`लागू औषध दुरुपयोग विरुद्ध लडौँ, रोकथाममा जोड दिऔँ´ भन्ने मुल नारासहित लागू औषध ओसारपसार तथा सेवनलाई नियन्त्रण तथा न्यूनीकरण गर्ने उद्देश्यका साथ स्याङ्जामा सप्ताहव्यापी रुपमा मनाइने लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवस बिहीबारदेखी सुरु भएको हो ।
उक्त सप्ताहको अवसरमा पुतलीबजार नगरपालिका -१ जि.प्र.का. शहिदचोकबाट सुरु भई हुलाकमार्ग, ट्राफिकचोक, अभियानपथ, ग्यालेक्सीचोक, बैंकरोड हुँदै सिटीहलसम्म बाजागाजा सहित र्याली निकाली प्रभातफेरी गरि औपचारिक कार्यक्रममा परिणत गरिएको थियो ।
स्याङ्जाको सदरमुकामस्थित सिटीहलमा परिणत लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध दिवस सप्ताहको औपचारिक कार्यक्रममा स्याङ्जा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य राजु थापा, प्रमुख जिल्ला अधिकारी, स्याङ्जा प्रहरी प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी, सरकारी कर्मचारी, विभिन्न पालिकाका प्रमुख उपप्रमुख, शिक्षक, विद्यार्थी, व्यवसायी लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहित करिब ६०० जनाको उपस्थितिमा प्रतिनिधि सभा सदस्य राजु थापाले पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गरेका थिए ।
उक्त अन्तराष्ट्रिय दिवस सप्ताहको सुभारम्भ गर्दै थापाले बढ्दो क्रममा रहेको लागू औषध दुर्व्यसनीले सामाजिक, आर्थिक अवस्थालाई नकारात्मक प्रभाव पारेको बताए । उनले यसको रोकथामका लागि पहिलो पाठशाला रहेको घरपरिवार साथै समाज र राज्य लाग्नुपर्ने बताए । युवामा लागू औषध दुर्व्यसन र विकृतिलाई निरुत्साहित गर्न सचेतना परामर्श कार्यक्रम स्थानीय तहदेखि नै ल्याउनुपर्नेमा प्रतिनिधि सभा सदस्य थापाले सुझाव दिए ।
सप्ताह व्यापी सचेतना अभियानको सुभारम्भ कार्यक्रममा आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मी, जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जिटी लगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमका वक्ताले संघ, प्रदेश र स्थानीय सरकार मिलेर लागू औषध दुरुपयोग विरुद्ध लड्दै रोकथाममा जोड दिए लागू औषध मुक्त शहर बनाउनमा सहयोग पुग्ने बताए । लागू औषध दुर्व्यसनीले घरपरिवार मात्र नभई समाजलाई नै तहसनहस पार्ने हुँदा नियन्त्रण तथा रोकथामका लागि स्थानीय तह संवेदनशील हुनुपर्ने, अभिभावकहरु, विद्यालयहरुले नेतृत्व गर्न वक्ताहरूले जोड दिए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्माले देशभर एकैसाथ सुरु भएको लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवस स्याङ्जाका ११ वटै पालिकामा पुगेर विभिन्न सचेतनामुलक लगायतका कार्यक्रम गरि मनाइने बताए ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि
पर्यटनमन्त्री पाण्डेद्वारा सातौं स्याङ्जा महोत्सवको उद्घाटन
अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको पर्यटनमन्त्रीद्वारा उद्घाटन
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो