सडकमै रोपाईं गर्ने तयारीमा लेखनाथबासी

रचनात्मक आन्दोलन

सडकमै रोपाईं गर्ने तयारीमा लेखनाथबासी

तालचोक-बेगनासताल सडक निर्माण कार्य सुस्त

lekhnath road

पोखराको तालचोक-बेगनास सडकखण्डको निर्माण कार्य सुस्ताएपछि स्थानीय आन्दोलित भएका छन् ।

साविक लेखनाथ नगरपालिका अर्थात् पोखरा महानगरपालिका वडा नम्बर २७, ३० र ३१ मा पर्ने उक्त सडकखण्डको निर्माण कार्य सुस्ताएपछि स्थानीय आन्दोलित बनेका हुन् ।

आगामी चैत मसान्तसम्म निर्माणकार्य सकिनेगरी सम्झौता गरिएपनि निर्माण कम्पनीले चासो नदेखाएपछि लेखनाथबासी स्थानीयहरु रचनात्मक आन्दोलनमै उत्रेका छन् ।

उनीहरूले आगामी शनिबार बिहान ८ बजे विरोध प्रदर्शन गर्दै सडकमै रोपाईं जात्रा गर्ने तयारी गरेको संयोजक सन्दीप पौडेलले जानकारी दिए ।

‘तालचोक बेगनासताल बाटो निर्माण कछुवा गतिमा निर्माण भएको सबैलाई अवगत नै छ । यसै सम्बन्धमा निर्माणलाई गति दिनलाई दवाव स्वरुप यही असार ८ गते तालचोक स्थित सडकमा रोपाईँ कार्यक्रम राखिएको छ ।’ – संयोजक पौडेलले भने ।

उनले उक्त विरोध कार्यक्रममा उपस्थितिका लागि ईमेलमार्फत प्रदेश तथा संघीय सांसदलाई पत्र पठाएको जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds