सगरमाथा स्कूलका विद्यार्थीले गरे लभ्लीडाँडा सफाई

सगरमाथा स्कूलका विद्यार्थीले गरे लभ्लीडाँडा सफाई

sagarmatha

पोखरामा अवस्थित सगरमाथा निकेतन स्कुलका विद्यार्थीले शनिबार बिहान लभ्लीडाँडा सरसफाइ गरेका छन् ।

विद्यालयमा गठन गरिएको स्काउट दलका विद्यार्थी र शिक्षकसहित २५ जनाको टोलीले लभ्ली डाँडाको सरसफाइ गरेको हो ।

विद्यार्थीहरुले सो क्षेत्रबाट कुहिने तथा नकुहिने गरी १५ बोरा फोहर संकलन गरी नष्ट गरेको विद्यालयका प्राचार्य दिलीप शर्माले जानकारी दिए । उनका अनुसार वातावरणप्रतिको सचेतना अभिवृद्धिका लागि कार्यक्रम गरिएको हो ।

‘विद्यार्थीलाई बाहिरी ज्ञानसँगै वातावरणप्रति सचेतना अभिवृद्धि गर्न विद्यार्थी, शिक्षक तथा कर्मचारी भएर सरसफाई कार्यक्रम गरेका हौँ । यसले जथाभावी फोहोर गर्नु हुँदैन भन्ने सन्देश समेत दिएको छ,’ प्राचार्य शर्माले भने ।

विद्यार्थीले लभ्लीडाँडाको फोहोर संकलन गरेपछि त्यहाँ अहिले सफा देखिएको छ । विद्यार्थीले जथाभावी फालिएका प्लाष्टिक, बोत्तल तथा अन्य फोहोर संकलन गरेका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ