स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका स्थित छयालीस चौरमा औद्योगिक ग्राम सञ्चालनमा ल्याइने भएको छ ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा औद्योगिक पुर्वाधारका रुपमा प्रादेशिक औद्योगिक क्षेत्र र औद्योगिक ग्रामको न्युनतम भौतिक पुर्वाधार निर्माण गरी सञ्चालनमा ल्याइने उल्लेख गरेको छ ।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले प्रदेश सभामा घोषणा भएका २९ वटा औद्योगिक ग्राममध्ये आगामी आर्थिक वर्षमा तीन वटा औद्योगिक ग्राम सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाइएको बताए । जसमध्ये अर्जुनचौपारी गाउँपालिकाको औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि सम्झौता समेत भई न्युनतम भौतिक पुर्वाधार निर्माणको काम भइरहेको मन्त्री गुरुङले बताए ।
औद्योगिक ग्राम खोल्नका लागि तिनै तहका सरकारको लागत साझेदारीमा खोल्ने नीति रहेको छ । योजना कार्यन्वयनको जिम्मा स्थानीय तहलाई दिँदै संघ र प्रदेश सरकारबाट औद्योगिक ग्रामका लागि बजेट उपलब्ध गराइएको छ ।
`उत्पादन, उद्यमशीलता र उद्यम: गण्डकी सम्मुनतिको माध्यम´ भन्ने अभियानलाई प्रवर्द्धन गर्न उद्योग, कृषि, साथै महिला तथा युवाद्वारा सञ्चालित उद्यम तथा व्यवसायको सवलीकरण, सम्भावना बोकेका उद्यमहरुको स्तरोन्नतिका लागि रोजगार वृद्धिसम्बन्धी औद्योगिक ग्राम निर्माणको योजना अगाडि बढाई आर्थिक समृद्धिमा समेत ग्रामले टेवा पुर्याउने विश्वास लिइएको आर्थिक मामिला मन्त्री डा. गुरुङले बताए ।
औद्योगिक ग्राममा सञ्चालनमा ल्याइने उद्योगहरुद्वारा रोजगारी सृजना लगायतका कार्यक्रमका लागि एकीकृत रुपमा परीक्षण परियोजनाका ढंगले सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको उनको भनाई थियो ।
गण्डकी प्रदेशमा स्याङ्जाको अर्जुनचौपारी, कालीगण्डकी गाउँपालिका, चापाकोट, वालिङ् नगरपालिका, तनहुँको भानु नगरपालिका, ऋषिङ, आँबुखैरनी गाउँपालिका, लमजुङको राइनास नगरपालिका, बाग्लुङको ताराखोला, मनाङको चामे गाउँपालिका लगायतका स्थानीय तहमा औद्योगिक ग्राम निर्माणको घोषणा गरिएको छ ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि
पर्यटनमन्त्री पाण्डेद्वारा सातौं स्याङ्जा महोत्सवको उद्घाटन
अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको पर्यटनमन्त्रीद्वारा उद्घाटन
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो